site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको आश्वासनमा शंका छैन तर काम नभएसम्म विश्वास लाग्दैन : साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताए । उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताए ।

धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको जानकारी दिए । खानेपानी व्यवस्थापनका लागि करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको उनको भनाइ  छ ।

प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको उल्लेख गरे ।

मेयर साम्पाङले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरूको जिज्ञासामा उनले श्रमदान गर्न आउन पर्‍यो कि भन्दै व्यङ्ग्य गरे ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro