site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक 

 काठमाडौं । चलचित्र ‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक भएको छ ।

गीतमा बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा निर्देशक कृषा चौलागाईंको शब्द छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तको अभिनय छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतमा सुरक्षाप्रति सौगातको प्रेमभावलाई प्रस्तुत गरिएको छ । गीतको भिडियो तराईको लोकेसनमा खिचिएको छ । 

चलचित्र ‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेका छन् । 

चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ । 

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको छ ।

चैत २९ गते रिलिज हुने चलचित्रमा पुरुषोत्तम प्रधानको डीओपी रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्