site stats
बाह्रखरी :: Baahrakhari
कला
दश वर्षपछि सहकार्य गर्दै प्रदीप र सुदर्शन

काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर चलचित्र निर्माणको घोषणा गरेका छन् । सुदर्शनले चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका हुन् । 

निर्देशक थापाले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दा कलाकारको नाममा प्रदीप खड्का राखेका छन् । दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’मा दोस्रो पटक सहकार्य हुन लागेका हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो चलचित्रले सबै वर्गका दर्शकको मन जित्न सफल हुने निर्देशक थापाले बताएका छन् । ‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । 

‘शुभ विवाह’ले समाजको मूल्य, मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृतिअनुसार विवाहको महत्वलाई चलचित्रले देखाउने निर्देशक थापा बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्