site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिमपहिरोमा बेपत्ता चिनियाँ नागरिकको शव १३ दिनपछि फेला
फाइल तस्बिर ।

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउरालीस्थित चुम्रुङमाको हिमपहिरोमा बेपत्ता भएका चिनियाँ नागरिकको शव सशस्त्र प्रहरीले १३ दिनपछि फेला पारेको छ । प्रहरीले उनको शव शनिबार (चैत २३) मा शव फेला पारेको हो ।

अन्नपूर्ण वेसक्याम्पबाट घान्द्रुकतर्फ जाँदै गरेका चिनियाँ नागरिक २८ वर्षीय ई चेङयुङ यही चैत्र ११ गते सम्पर्कविहीन भएका थिए । घटनालगत्तै खोजीकार्यमा परिचालित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालीका गण कास्कीबाट विपद् व्यवस्थानसहितको सुरक्षा फौजले उनको शव फेला पारेको हो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro