site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। 

मंगलबार एनएफपीजे केन्द्रीय कार्यसमितिको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाइनमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्नेछ।”

सो क्रममा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बिमालगायत सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरे । 

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासचिव घनश्याम श्रेष्ठले बताए । 

एनएफपीजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रूपमा सहभागी भइदिन राष्ट्रपतिसमक्ष निमन्त्रणापत्र पनि प्रदान गरेको छ ।

भेटघाटमा एनएफपीजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यको पनि उपस्थिति थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro