site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको प्रश्न– भाइभारदारको वंशनास गर्ने राजाले देशको भलो चाहन्छन् ?

काठमडौं । नेकपा (एकीकृत समाजवादी)ले राजावादीले आफ्नो पार्टीलाई प्रमुख सत्रु मानेको बताएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आफूहरूको पार्टी कार्यालयमा विध्वंस मच्चाएको बताए ।

जनताको घरमा परेर लुटपाट मच्चाउने तथा जनताको प्रगति नचाहने राजाले देशको भलो नचाहने उनको भनाइ छ । “राजावादीले प्रमुख सत्रु त एकीकृत समाजवादीलाई नै मानेका रहेछन् । हाम्रो पार्टी कार्यालयमा विध्वंश मच्चाए, आगलागीसमेत भयो, व्यक्तिको घरमा गएर लुटपाट भयो,” थापाले भने, “जनतालाई लुट्ने राजा चाहिएको हो ? जनताको प्रगति नचाहने राजाले देशको भलो चाहन्छ ?”

Argakhachi Cement Island Ad

उनले राजतन्त्रको १२ पुस्ताले आफ्नै भाइभारदारको हत्या र षड्यन्त्रमा बिताएको पनि बताए । “राजा इमानदार हुन्थे भने यो देश उहिले स्विजरल्यान्ड भइसकेको हुन्थ्यो । किरिया बस्नेसमेत मान्छे बाँकी नराखी वीरेन्द्रको वंशनास गरेर आफ्नै भाइभारदारको हत्या गर्ने राजतन्त्र भएका कारण देशको हालत यो भएको हो ।”

तीनकुनेमा विध्वंस मच्चाएर पत्रकार सुरेश रजकलाई जिउँदै जलाउनेहरूलाई बल प्रयोग गरेर रोक्न नसक्नु राज्यको कमजोरी भएको उनको थापाको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्