site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताएका छन् । नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताए । हिमाल, पहाड र तराइ मधेससम्म जलवायु संकट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गरे ।

Argakhachi Cement Island Ad

मन्त्री ठकुरीले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिए । गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौं उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु संकटका चेतावनी रहेको बताए ।

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २३:२८
प्रतिक्रिया दिनुहोस्