राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता, पार्टी गतिविधिलगायत विषयमा छलफल हुने झाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ ०७:३८
प्रतिक्रिया दिनुहोस्