site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुनसरीबाट नौजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुनसरीमा गरी नौजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२३, झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा उनी समेत पाँचजना पक्राउ परेका छन् ।

उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको टाेलीले उनीहरूलाई नगद एक लाख १८ हजार ७०५ रूपैयाँसहित पक्राउ गरेकाे जनाइएको छ ।

त्यस्तै, सुनसरीको दुहबी नगरपालिका–२, तुथाहा बस्ने वीरेन्द्र खाँको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल चौधरी समेत चारजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७३० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro