site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाल्क फर वाटर, वाल्क फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो ।

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यताहरूलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरू समेत लागु गरिसकेको छ ।

संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । हामीले यसको दिगो व्यवस्थापन नगरे, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका निम्ति सिद्धार्थ बैंकले यस वाकाथन कार्यक्रमको उद्देश्य रहेको रहेको बताइएको छ ।   

कार्यक्रम गर्दै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले नेपाल हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताए । यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनु पर्ने धारणा कंडेलको छ । उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरू पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए ।  

कार्यक्रममा बैंकका कर्मचारीलगायत विभिन्न सरोकारवालाहरू गरी ६५६ जना व्यक्तिको सहभागिता रहेको थियो, जसमध्ये ३९५ पुरुष र २६१ महिला थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro