site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्पताल बनाएर मात्रै हुँदैन, उपचार गर्नसक्ने चिकित्सक उत्पादन गर्न जरुरी : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको उल्लेख गरे । उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरू शून्यताको स्थिति रहेको बताए । आफ्नो भूगोलमा योगदान गर्छु भनेर उपत्यकाबाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको उनको भनाइ थियो ।

"अस्पताल बनाएर मात्रै पुग्दैन, त्यहाँ उपचार गर्नसक्ने क्षमतावान डाक्टर, नर्स र स्वास्थ्यकर्मीको आवश्यक पर्छ । जनशक्तिको उन्नयनको पक्षमा पनि हामी अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन सक्नुपर्छ । त्यो पनि हामीले महसुस गरेका छौँ । राज्यको तहगत निर्धारण निजामती सरह हुने स्थिति छ," उनले भने ।

मन्त्री पौडेलले उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताए ।

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro