site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्दै जिसस काठमाडौं

काठमाडौं । काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार आयोजक जिल्ला समन्वय समिति काठमाडौंले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको जानकारी दिएको हो ।

प्रतियोगिता चैत्र २ देखि ९ गतेसम्म सञ्चालन हुने जनाएको छ । काठमाडौं जिल्लाभरका स्थानीय तहलाई समेटेर आयोजना गर्न लागिएको प्रतियोगितामा हालसम्म ६ वटा नगरपालिकाले सहभागी हुने बताएको जनाइएको छ । ११ मध्ये कम्तीमा आठवटासम्म नगरपालिकाको सहभागिता रहे लिग चरणमा र ११ वटै पालिकाको सहभागिता रहे नक आउट चरणमा सञ्चालन हुने जानकारी आयोजकले दिए ।

प्रतियोगितामा विजेता टोलीले दुई लाख रुपैयाँ र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको अनुमानित खर्च १० देखि १२ लाख रुपैयाँ छ । समितिका अनुसार, प्रतियोगिताका सबै खेलहरू हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा सञ्चालन हुनेछन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro