काठमाडौं । नेपाल कमर्स क्याम्पस (एनसीसी)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षका लागि ६ जनाको उमेदवारी दर्ता भएको छ ।
चैत ५ गते हुन लागेको स्ववियु अध्यक्षका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)का रवीन ओली, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का विशाल रोकाहा, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अखिल (कान्तिकारी) बहुमतको संयुक्त प्यानलबाट काशीराम जैशी (घोडासैनी)को अध्यक्षका लागि उमेदवारी दर्ता भएको छ ।
त्यसैगरी अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)को तर्फबाट सलुन खड्का, स्वतन्त्र उमेदवारको रूपमा कुशल कार्की र सुदीपबाबु बस्नेत छन् ।
सचिवमा रवीन्द्र सिंह धामी, सन्देशकुमार थिङ, दिपक खड्का, मिलन ओझा र ज्ञानु दाहालको उमेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा शुसिल खड्का, सौगात पुरी, चक्रे चलाउने र सम्झना खड्काको उमेदवारी परेको छ ।
दुवैतर्फका उमेदवारको नामावली उपर दाबीविरोध गर्ने अन्तिम समय भोलि (फागुन २८ गते) बिहान ११ बजेदेखि दिनको २ बजेसम्म स्वतन्त्र एनसीसीको विद्यार्थी युनियन निर्वाचन समितिले तोकिएको छ ।
दुवैतर्फको उमेदवारीको नाम फिर्ता लिने अन्तिम सयम फागुन २९ गते दिनको १ बजेसम्म समितिले तोकेको छ ।