site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुराग कश्यप कसरी नेपाली चलचित्र ‘राजागंज’को कार्यकारी निर्माता भए ?

काठमाडौं । निर्देशक दीपक रौनियारले भारतीय बजार नेपाली चलचित्रका लागि ठूलो ‘मार्केट’ भएको बताएका छन् । भाषा, धर्म र संस्कृति पनि मिल्ने भएकाले नेपाली सिनेमाका लागि भारत ठूलो बजार हुनसक्ने उनको भनाइ छ । 

नेपाली चलचित्रलाई भारतीय बजारमा ‘एक्सप्लोर’ गर्न कै लागि आफूले बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यपलाई चलचित्र ‘राजागंज’को कार्यकारी निर्माता बनाएको निर्देशक रौनियारले बताए । 

“भाषा, धर्म र सांस्कृतिक रूपमा पनि कनेक्ट गर्ने भएकाले भारत नेपाली चलचित्रको ठूलो बजार हो,” केही दिनअगाडि काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “भारत नेपाली सिनेमाको ठूलो बजार भएकाले त्यहाँ कसरी विस्तार गर्न सकिन्छ भनेर नै हामीले अनुरागसँग सहकार्य गरेका हौँ ।” 

सन् २०१६ मा अनुरागसँग आफ्नो चिनजान भएको उनले बताए । ‘ह्वाइट सन’ सिंगापुरमा स्क्रिनिङ हुँदा अनुरागसँग त्यहीँ भेट र चिनजान भएको दीपकले बताए । त्यहीबेला सँगै काम गर्ने कुरा भएको उनले बताए । 

“अब फेरि पनि अनुरागसँग काम गर्ने कुरा भइरहेको छ,” दीपकले भने । दीपक निर्देशित ‘राजागंज’ यतिबेला नेपालमा प्रदर्शनको तयारीमा छ । 

विश्वका ठूला फिल्म फेष्टिभल फन्को लगाएर आएर ‘राजागंज’ नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउँदै छ ।  

दीपकले ‘राजागंज’मा आफूले मन लागेको कथा भनेको बताएका छन् । बजारको दबाबमा नपरी आफूले मन लागेको कथा ढुक्कले भनेको उनले प्रष्ट पारेका छन् । 

‘राजागंज’ले  २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भन्नेछ । मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा यो सिनेमाले देखाउनेछ । 

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro