
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा आज (फागुन २२ गते) देखि २६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।