site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेशी भुक्तानी प्रणालीको शुभारम्भ

काठमाडौं । नेपाल क्लियरिङ हाउसले नेपाली भुक्तानी सेवा प्रणालीको विकास गरेको छ । कम्पनीले नेसनल कार्ड स्विच तथा डोमेस्टिक कार्ड स्किम सार्वजनिक गरेको हो । 

नेपाली बैंकहरूले अब स्थानीय प्रणालीमै विकसित भएको कार्ड जारी गर्न सक्नेछन् । यसअघि अन्तर्राष्ट्रिय गेटवेका कार्ड प्रचलनमा थिए । सार्वजनिक अवसरमा नौवटा बैंक तथा वित्तीय संस्थाले उक्त कार्ड प्रचलन ल्याउने समझदारी गरेका छन् ।

डिजिटल नेपाल फ्रेमहरूको अवधारणाअनुसार नेपाल राष्ट्र बैंकको निर्देशनमा भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको हो । भुक्तानी प्रणालीको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरेका थिए । 

भुक्तानी प्रणाली सञ्चालनमा आएसँगै अब स्थानीय रूपमा विभिन्न कार्ड, क्युआरलगायत प्रणालीका माध्यमबाट रकमान्तरण गर्न सकिन्छ । 

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्धारित समयमै प्रणाली विकास गरेकोमा धन्यवाद दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro