site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसभीको पोस्टमा आर्सनलको सात गोल 

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा आर्सनलले पीएसभी आइभन्डोभनविरुद्ध उसैको मैदानमा ७–१ को फराकिलो जित निकालेको छ ।

मंगलबार राति फिलिप्स स्टाडियोनमा भएको खेलमा आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । जुरिन टिम्बेर, एथान न्वानेरी, मिकेल मेरिनो, लिसान्ड्रो ट्रोसार्ड र रिकार्डो कालाफिओरीले एक गोल गरे । घरेलु टिमका नाओ ल्याङले एक गोल फर्काए । 

यो जितसँगै आर्सनलले अन्तिम–८ को सम्भावना बलियो बनाएको छ । यी दुई टिमबीचको दोस्रो लेग मार्च १३ मा आर्सनलको मैदानमा हुने तालिका छ । 

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले क्लब ब्रागाविरुद्ध उसैको मैदानमा ३–१ को जित निकालेको छ । एस्टोन भिल्लाको जितमा लिओन बाइली र मार्को असेन्सियोले गोल गरे । 

पाहुना टिमले एक गोल भने आत्मघाति उपहार पाएको थियो । घरेलु टिमका म्याक्सिम डे काइपरले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro