site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीविरुद्ध नाराबाजी, आयोजकबाटै कुटिए रंगशालामा दर्शक

काठमाडौं । केपी ओली कपको उपाधि भिडन्त हेर्न पुगेका समर्थक आयोजकबाटै कुटिएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीचको उपाधि भिडन्त थियो । खेल चलिरहँदा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको थियो । त्यसपछि आयोजक राष्ट्रिय युवा संघका सदस्य दर्शकमाथि जाइलागेका हुन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा आयोजकका दुईजना नाराबाजी गर्ने व्यक्तितिर झम्टिएर आएको देख्न सकिन्छ । तीमध्ये एक जनाले स्ट्यान्ड छुट्याउन राखिएको बार नै नाघेर समर्थकलाई लातले भकुर्छन् । भिडियोमा अन्य समर्थक भने ‘केही भन्न नहुने हो’ भन्दै कुट्न आउने मान्छेको प्रतिकार गर्छन् ।

युवा संघ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसी भने प्रधानमन्त्रीविरुद्ध नारा लगाएका कारण दर्शकमाथि हातपात भएको अस्वीकार गर्छन् । दर्शकले सिट क्षमताभन्दा धेरै दर्शक किन ल्याएको भन्दै प्रश्न गरेपछि सामान्य विवाद भएको उनको दाबी छ ।

“केपी ओली कपको क्रेजका कारण दर्शक धेरै आए । हामीले त्यहीअनुसार प्रचार गर्‍यौँ । समर्थक पनि धेरै आउनुभयो । उहाँहरूको भनाइ सिट क्षमताभन्दा किन दर्शक ल्याएको भन्ने थियो । त्यसैमा केही सामान्य विवाद देखियो,” प्रवक्ता केसीले बाह्रखरीसँग भने, “यो खासै ठूलो विषय होइन । हामीले गरेको प्रतियोगितामा देखिएको क्रेजले नेपालमा नयाँ फुटबल रंगशाला आवश्यक रहेको देखियो । मेरो विचारमा यो चाहिँ चर्चाको विषय हो ।”

सोमबार सम्पन्न फाइनलमा आर्मीलाई २–० ले हराउँदै मछिन्द्रले केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro