site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु बैंकको दार्चुला शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३१२औँ शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाको महाकाली नगरपालिका–४, खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो ।

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपश्चात् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने जनाइएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको बैंकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro