site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा हत्या आरोपमा ‘भान्जा’ पक्राउ

काठमाडौं । काठमाडौंमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ का २८ वर्षीय सुरज तामाङ छन् ।

नागार्जुन–३ मै बस्दै आएका सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (वैशाख १९) दिउँसो सुरजलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, सुरज नातामा सन्तोषको भान्जा पर्छन् । उनले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro