site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुगुमा हत्या आरोपमा महिला पक्राउ

काठमाडौं । मुगुमा हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका–१२, लुम्सगाउँकी २५ वर्षीया विमला बुढालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सोही स्थानकी ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको उनीमाथि आरोप छ । जग्गाका विषयमा विमलाले मंगलबार (वैशाख १६) बिहान कुटपिट गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन् ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार (वैशाख २०) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro