site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढुंगा प्रहार गरेर 'हत्या गर्ने' व्यक्ति पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–६ का २९ वर्षीय विराट ठकुरी छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, काठमाडौंको धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा गत मंगलबार राति ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ का ५० वर्षीय अडविर राईसँग लेनदेनको विषयमा उनको विवाद भएको थियो । विवाद बढेपछि ठकुरीले प्रहार गरेको ढुंगा लागेर राईको ज्यान गएको थियो । घटनापछि उनी फरार थिए ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro