site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लाज शरणम्’को पहिलो दिनको कलेक्सन एक करोड १० लाख 

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले एक करोडभन्दा माथिको ओपनिङ गरेको छ । बुधबार रिलिज भएको चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । 

कुमार कट्टेलले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको थियो । 

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro