site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्रा केयर फेस्ट २०२५ आयोजना हुँदै

काठमाडौं । महिन्द्रा फोरह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

कम्पनीले फागुन १८ देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्न लागेको हो । यस ४५–पोइन्ट फ्री चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिंङ, फ्रि हेल्थ चेकअप, म्याक्सीमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरूमा ५० प्रतिशतसम्मको छुट र १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारको पनि लाभ लिन सकिनेछ ।

Dabur Nepal
NIC Asia

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमाझैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।  

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । साथै, महिन्द्राका सर्टिफाइड प्रि–अनवीड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro