site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ पक्षमा उभियो नेपाल

काठमाडौं । नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्छ’ भन्ने प्रस्तावमाथि भएको मतदानमा नेपाल युक्रनको पक्षमा उभिएको हो ।

सोमबार राष्ट्रसंघमा भएको मतदानमा नेपालले रुस तत्काल युक्रेनी भूभागबाट फिर्ता हुनुपर्ने पक्षमा मतदान गरेको हो ।

Dabur Nepal
NIC Asia

रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ राष्ट्रले मतदान गरे । यस्तै, ६५ देश मतदानमा भाग नलिई तटस्थ बसे ।

बहुमत सदस्यले ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ प्रस्तावको पक्षमा मतदान गरेका कारण प्रस्ताव अनुमोदन भएको छ ।

अमेरिका, इजरायल, हंगरीलगायत देश प्रस्तावको विपक्षमा अर्थात् रुसको पक्षमा उभिएका थिए । रुसले यस प्रस्तावको विपक्षमा मतदान गरेको थियो । प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत, फ्रान्स लगायत राष्ट्र थिए । संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro