site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्री भट्टराईलाई भएको के हो ? 
विद्या भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचाररत छिन् ।

उनको घाँटीमा संक्रमण छ । घाँटीको संक्रमणका कारण गएको शुक्रबार (फागुन ९) उनी अस्पताल भर्ना भएकी हुन् ।

घाँटीको संक्रमण क्षयरोग (टीबी)को लक्षण हुन सक्ने देखिएपछि परीक्षण भइरहेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गरुङले बाह्रखरीसित बताइन् ।

मन्त्री भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिइन् । एनेक्स भवनको ६०२ नम्बर बेडमा राखिएकी उनी खान र भेटघाट गर्न सक्ने अवस्थामा छिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro