site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केआईआईटी विश्वविद्यालयबाट फर्किएका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने

काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन सकिने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने जनाएको छ ।

"भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा सृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिनेछ," त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro