site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तोषी मृत्यु प्रकरण– सशस्त्रकै इन्स्पेक्टर पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको भोलिपल्टै अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् ।

पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार, तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाई कास्की ल्याइएको उनले जानकारी दिए ।

महत कास्कीमै मृत अवस्थामा फेला परेकी थिइन् । 

कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो । ती इन्स्पेक्टरविरुद्ध महतका आफन्तले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएका छन् ।

उजुरीपछि जोशी पक्राउ परेका हुन् । 

इन्स्पेक्टर महत चार महिनायता सशस्त्र प्रहरीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत थिइन् । उनी शनिबार (फागुन १०) राति शिक्षालयकै शौचालयभित्र मृत भेटिएकी थिइन् । महतले ०७२ असोजदेखि सशस्त्र प्रहरी बलको जवानबाट सेवा सुरु गरेकी थिएन् । उनले ०७८ मा सशस्त्र सहायक निरीक्षक पदको खुलातर्फ नाम निकालेकी थिइन् । ०८१ मा उनले निरीक्षकमा नाम निकालेकी थिइन् ।

चार महिनायता निरीक्षकको तालिममा सहभागी महतले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro