site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हामी सबै एउटै डुंगामा छौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुंगाका यात्री भएको बताएका छन् । संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको 'संघीय संरचनामा लगानी प्रवर्द्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा' कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताए ।  

अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि सोहीअनुरुपको समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए । उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने धारणा राखेका छन् ।

“सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुंगाका यात्री हौँ । डुंगामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनुपर्दछ,” उनले भने ।  

अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए ।  

लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै ढकालले सरकार वा निजी क्षेत्रबाट प्रवर्दित पूर्वाधार एवं विकास परियोजना निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

तीनैतहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु औद्योेगिक व्यवसाय ऐनमा एकरूपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको धारणा राखे । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro