site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सो घटनामा तीनजना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए ।

दुर्घटनामा स्थानीय ४३ वर्षीय सञ्जय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनैजनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro