site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा प्राधिकरणको अध्यक्षका लागि ओझा, पुडासैनी र बस्यौलाको नाम सिफारिस

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको हो । 

सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् । आज ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

सिफारिसमा परेका पुडासैनी पूर्वराजस्व सचिव हुन् । उनी अहिले कृषि विकास बैंकको अध्यक्ष छन् । बस्यौला स्वास्थ्य बिमा बोर्डको पूर्वकार्यकारी निर्देशक हुन् ।

ओझाले विभिन्न सञ्चारमाध्यममा संवाददाता तथा विशेष संवाददाताका रूपमा काम गरिसकेका छन् । उनी हाल क्लिकमाण्डुमा विशेष संवाददाता तथा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् ।

आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं सर्टलिस्टमा परेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro