site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसएलको ‘मिनि अक्सन’ : बिकेनन् विकेश, भरत र नवयुग

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको ‘मिनि अक्सन’मा तीन अनुभवी खेलाडी गोलकिपर विकेश कुथूसँगै भरत खवास र नवयुग श्रेष्ठ बिक्री भएनन् । आठ खेलाडी भने महँगो मूल्यमा बिक्री भएका छन् ।

शनिबार ललितपुरमा भएको अक्सनमा कुल ६० खेलाडी समावेश गरिएको थियो । यी तीनै खेलाडी अर्थात् विकेश, भरत र नवयुगले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

विकेश र भरतले अघिल्लो सिजन स्पोर्टिङ इलाम र नवयुगले पोखरा थन्डर्सबाट खेलेका थिए । यो सिजनमा इलामसँगै वीरगन्ज युनाइटेड एफसीले एनएसएलबाट हात झिकिसकेका छन् ।

पहिलो सिजन खेलेपछि विराटनगर सिटी एफसी दोस्रो सिजनमा सहभागी भएको थिएन । दोस्रो सिजनमा आएका इलाम र वीरगन्जले पनि तेस्रो सिजन नखेल्ने भएका हुन् । त्यसैले पनि तेस्रो संस्करणलाई खासै चासोका साथ हेरिएको छैन ।

शनिबार भएको अक्सन पनि कमै रोमाञ्चक देखिएको थियो । त्यहाँ अनुभवी खेलाडी पनि प्राथमिकतामा परेनन् । अक्सनपछि ‘विस्ट लिस’मा पनि कुनै टिमले अनुभवी खेलाडीमाथि चासो राखेनन् ।

यद्यपि, क्याटोगोरी ‘ए’का आठ खेलाडी सर्वाधिक महँगो मूल्य (चार लाख रुपैयाँमा) बिक्री भए । यो अक्सनमा क्याटोगोरी ‘ए’मा १५ र ‘बी’मा ४५ खेलाडी समावेश गरिएको थियो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro