site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसएलको ‘मिनि अक्सन’ : यस्तो छ बिक्री भएका खेलाडीको सूची

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका निम्ति ‘मिनि अक्सन’ सम्पन्न भएको छ । शनिबार काठमाडौंमा गरिएको मिनि अक्सनमा तेस्रो संस्करणमा सहभागिता निश्चित भएका सात टिमले कुल ६३ खेलाडीमा बोली लगाए । 

मिनि अक्सनमा साविक विजेता समेत रहेको ललितपुर सिटी एफसीले सर्वाधिक रकम खर्च गर्‍यो । ललितपुरले १० खेलाडी भित्र्याउँदा २२ लाख २५ हजार रुपैयाँ खर्च गरेको हो । 

यस्तै, एफसी चितवन र काठमाडौं रेजर्सले समान २१ लाख ५० हजार रुपैयाँ खर्च गरे । धनगढी एफसीले १९ लाख ९० हजार, झापा एफसीले १९ लाख ५० हजार र पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले समान १७ लाख ५० हजार रुपैयाँ खर्च गरे । 

Dabur Nepal
NIC Asia

सातै टिमले तीन ‘ए’ श्रेणी र बाँकी ६ ‘बी’ श्रेणीका खेलाडी अनुबन्ध गरेका छन् । ‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य दुई लाख रुपैयाँ तोकिएको थियो । ‘बी’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य एक लाख ५० हजार रुपैयाँ थियो ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आउँदो चैत १६ गतेदेखि प्रतियोगिता सुरु हुने तय छ ।

मिनि अक्सनमा बिक्री भएका खेलाडीको सूची–

बुटवल लुम्बिनी एफसी (मार्की – मनीष डांगी)
श्रेणी ‘ए’ – एरिक बिष्ट, प्रदीप लामा र दीप कार्की
श्रेणी ‘बी’ – निराजन धामी, सरोज तामाङ, फतेमान घले, विमल पाण्डे, टिकेन्द्रसिंह थापा र सन्दीप कार्की ।

एफसी चितवन (मार्की – अञ्जन बिष्ट)
श्रेणी ‘ए’ – विशाल श्रेष्ठ, अभिषेक लिम्बू र सुमित श्रेष्ठ
श्रेणी ‘बी’ – छिरिङ गुरुङ, रोशन रानामगर, मिलन राई, शिशिर लेखी, जय गुरुङ र निरज चौधरी ।

धनगढी एफसी (मार्की – कृतिशरत्न छुन्जु)
श्रेणी ‘ए’ – देवेन्द्र तामाङ, पासाङ लामा र विवेक पौडेल 
श्रेणी ‘बी’ – रन्दीप पौड्याल, रामचन्द्र वाजी, जर्जप्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास र जियारथ शेख ।

झापा एफसी (मार्की – लाकेन लुम्बी)
श्रेणी ‘ए’ – छिरिङ लामा, आशीष गुरुङ र एनआरएन
श्रेणी ‘बी’ – अभिषेक स्याङतान, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहरी, दीपेन्द्र विक र उज्वल राई ।

काठमाडौं रेजर्स (मार्की – रोहन कार्की)
श्रेणी ‘ए’ – दिपेश गुरुङ, दिनेश हेन्जन र जिलेस्पीजंग कार्की 
श्रेणी ‘बी’ – कुलदीप कार्की, अभिषेक बराल, आशीष चापागाईं, कलम श्रेष्ठ, दिवाकर चौधरी र अन्जल महर्जन ।

ललितपुर सिटी एफसी (मार्की – अनन्त तामाङ)
श्रेणी ‘ए’ – सनिश श्रेष्ठ, मनिकुमार लामा र सन्तोष खत्री
श्रेणी ‘बी’ – आदित्य शाक्य, सन्दीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अमिषेक वाइबा र समित श्रेष्ठ ।

पोखरा थन्डर्स (मार्की – समिर तामाङ)
श्रेणी ‘ए’ – आयुश घलान, सुरजसिंह ठकुरी र एनआरएन
श्रेणी ‘बी’ – पदम भट्टराई, राम थापा, चन्दन दास, विशाल तामाङ, क्रिसल मोक्तान र एकराज बुढाथोकी ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro