देश
![लागुऔषधसहित दुईजना नियन्त्रणमा](https://12khari.top/uploads/posts/pakrau-hathkadi5-1704699360.jpg)
काठमाडौ । सशस्त्र प्रहरी बलले काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट बिहीबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १९:१५
प्रतिक्रिया दिनुहोस्