site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लाज शरणम्’मा धुर्मुसले गरेको चरित्र गोविन्दासहित चार जनाले छोडेका थिए

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप र सिताराम कट्टेल (धुर्मुस)को ‘क्यारेक्टर लुक्स’का कारण चर्चामा छ । 

(धुर्मुस)को ‘क्यारेक्टर लुक्स’ पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमसँग मिलेको भन्दै धेरैको ध्यान खिच्यो । भलै धुर्मुस स्वयंले यो क्यारेक्टर आलमको नभएको बताएका छन् । 

निर्माणपक्षका अनुसार, धुर्मुसले निभाएको यो चरित्र एक भारतीय व्यापारीको हो । ‘लाज शरणम्’मा धुर्मुस पहिलो रोजाइका कलाकार थिएनन् । 

यो चरित्रका लागि पहिलो रोजाइमा विपीन कार्की थिए । तर, विपीनले चलचित्र ‘तेल भिसा’को छायांकनका लागि अमेरिका जाने भएपछि समय दिन सकेनन् । त्यसपछि निर्माणपक्षले हरिवंश आचार्यलाई प्रस्ताव गर्‍यो । हरिवंशले पनि कारणवश यो चरित्र निभाउन नसक्ने भए । 

त्यसपछि निर्माणपक्षले प्रस्ताव बलिउड अभिनेता गोविन्दासमक्ष पुर्‍यायो । उनले स्क्रिप्ट मन पनि पराए । तर, अन्तिममा उनले पनि नभ्याउने खबर पठाए । 

त्यसपछि निर्माणपक्ष पुग्यो, सिताराम कट्टेल ‘धुर्मुस’कोमा । धुर्मुसले पनि सुरुमा त अरूलाई नै काम गराउन सुझाए । तर, निर्देशक कुमार कट्टेल र निर्माणपक्षको आग्रहलाई नकार्न नसकेपछि उनी तयार भए । 

शरीरको तौल अस्वाभाविकरूपमा बढाउनुपर्ने थियो । त्यसको असर कोलेस्ट्रोल र युरिकेसिड बढ्यो । चिकित्सकले जोखिम नमोल्न गरेको आग्रह सम्झिएर धुर्मुस डराए । 

त्यसपछि निर्माणपक्षले रविन्द्र झालाई प्रस्ताव गर्‍यो । रवीन्द्र झा यसै पनि सानो कदको कलाकार, उनलाई मोटाउन समय चाहिन्थ्यो । तर, निर्माणपक्षसँग धेरै समय थिएन । त्यसैले रविन्द्रले निर्माणपक्षले उपलब्ध गराएको समयमा चरित्रलाई आवश्यक ‘वेट गेन’ गर्न नसक्ने बताए । 

निर्माणपक्षसँग विकल्प सकिँदै गएपछि धुर्मुसलाई चरित्रका काम गर्नैपर्ने दबाब भयो । उनी जोखिम मोलेरै काम गर्न तयार भए । यसरी धुर्मुसले गरेको ‘लाज शरणम्’को चरित्रले अहिले चर्चामा छ । 

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुँदै छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन् । यस चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘सक्किगोनि’ टिमले बनाएको यस चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माताको रूपमा छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro