site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाशिवरात्रि मूल समारोह समिति गठन

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा बिहीबार बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो । समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro