site stats
बाह्रखरी :: Baahrakhari
देश
रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो 
सांकेतिक तस्बिर

काठमाडौं । रक्षामन्त्रीको गाडीले काठमाडौंको माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । रक्षामन्त्री मानवीर राई चढेको गाडीले पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मन्त्रीको गाडीलाई पछ्याइरहेको सुरक्षाकर्मीको गाडीले एक्कासी रोकिएको मन्त्रीको गाडीलाई पछिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्जय राउतका अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको पुष्टि गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मन्त्रीज्यू चढेको गाडीले मोटरसाइकललाई सामान्य ठक्कर दिएको रहेछ, उक्त गाडीले मन्त्रीज्यूलाई सिंहदरबार पुर्‍याएर अहिले छलफलका लागि चालकसहित गाडी त्यहीँ पुर्‍याइएको छ,” उनले भने ।

उनका अनुसार मोटरसाइकल लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन ।
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्