site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइप मर्मत सकेर परीक्षणपछि मात्रै पानी वितरण : केयूकेएल

काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत गरिएको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो । 

सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातिदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।

पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । मर्मत पूर्ण रूपमा सकिएपछि परीक्षण गरी पानी वितरण प्रक्रिया सुरु गर्ने केयूकेएलले जानकारी दिएको छ ।

विद्युत तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो । जसले विशेष अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । बिहीबार पानी छिरेका सरकारी कार्यालयमा सफाइको काम गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro