site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता जोशी पक्राउ

काठमाडौं । प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।

गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको थियो ।

Dabur Nepal
NIC Asia

सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा आइतबार पक्राउ परेका छन् ।

उनीहरूले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

मोटरसाइकलसहित प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)मा खटिएका उनीहरू मध्यराति कुटिएका थिए । जोशीसहितका युवाहरूले उनीहरू सवार मोटरसाइकल समेत तोडफोड गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro