site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अहंकार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फुटेको सिसाका टुक्रामा पनि 
आफ्नै अनुहार खोज्छ मानिस 
छुटेको दिशाका गोरेटामा पनि 
आफ्नै पदचिह्न खोज्छ मानिस 
 
जग्गाको सबै आना आनामा 
आफ्नो स्वामित्व खोज्छ मानिस 
लालपुर्जाका सबै पाना पानामा 
आफ्नै औँठाछाप खोज्छ मानिस
 
अन्नका प्रत्येक माना मानामा 
आफ्नै भकारी खोज्छ मानिस 
खानाको स–साना दाना दानामा
आफ्नै स्वाद खोज्छ मानिस 
 
प्रेमीका आँखाका नानीमा
आफ्नै अभाव खोज्छ मानिस 
बैरीका मन–मस्तिष्कमा पनि
आफ्नै प्रभाव खोज्छ मानिस 

यत्रतत्र सर्वत्र र मृत्युशय्या पनि 
आफैँलाई मात्र रोज्छ मानिस ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्