site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गोदावरी अन्तर विद्यालय फुटबल : अमरकान्ति र सांग्रिला क्वार्टरफाइनलमा

काठमाडौं । ललितपुरस्थित लेलेको अमरकान्ति माध्यमिक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको सांग्रिला इन्टरनेसनल स्कुल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  

ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा मंगलबारबाट सुरु प्रतियोगितामा समूह सीबाट दुई खेल जित्दै अमरकान्तिले अन्तिम आठमा स्थान बनाएको हो ।

अमरकान्तिले बज्र एकेडेमीलाई २–० ले तथा बालअंकुरलाई २–१ ले पाखा लगाएको छ । यो समूहको बज्र एकेडेमी दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको अन्तिम खेलमा रिदभान स्कुल र बालअंकुर माविले २–२ गोलको बराबरी खेल्दै क्वार्टरफाइनलको सम्भावना दुवैले कायमै राखेका छन् ।

Dabur Nepal

समूह डी बाट बुद्ध मावि बाँडेगाउँले गंगाजमुना स्कुल लेलेलाई १–० ले तथा भीमसेन स्कुल देवीचौरलाई २–१ ले हराएको छ । बुद्ध मावि गत संस्करणको विजेता टोली हो ।

यो समूहबाट लिटिल स्टार लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने भीमसेन र गंगाजमुनामध्ये एउटा स्कुल अर्को चरणमा पुग्नेछन् ।

पाँच वटा विद्यालय रहेको समूह बी बाट सांग्रिला स्कुलले लगातार दुई खेल जित्दै अन्तिम आठमा पुगेको छ ।

सांग्रिलाले टीकाभैरवको बुद्ध माविलाई ४–१ ले तथा लेलेको सरस्वती माविलाई ३–० ले हराएको छ । सांग्रिलाका सविन चेपाङले प्रतियोगितामा चार गोल गरिसकेका छन् ।

यो समूहमा वरिष्ठ माविले नेवा स्कुललाई २–१ ले हराउँदा बुद्ध माविले वरिष्ठलाई हराएको छ । यसैगरी नेवा स्कुल र सरस्वती स्कुलले ३–३ खेलको बराबरी खेलेका छन् ।

समूह ए बाट एभेरेष्ट इंगलिस स्कुलले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ । एभरेष्टले इन्द्रेणी स्कुल र सूर्य शिक्षा सदनलाई हराएको हो । इन्द्रेणीले भने टीकाभैरव बोर्डिङ स्कुलसँग बराबरी खेल्दा टीकाभैरबले सूर्य शिक्षालाई १–० ले निराश पारिदिएको छ । दुवै खेल हार्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ । इन्द्रेणी र टीकाभैरवमध्ये एक स्कुलको अर्को चरणमा जाने सम्भावना कायमै छ ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता छ । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए ।

उनका अनुसार बुधबार समूह चरणका बाँकी खेल र क्वार्टरफाइनलका खेलहरू हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही पाँच हजार पाउने छन् ।

प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद पाँच हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro