site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो खेलबाटै बाहिरियो सहारा, पुलिस क्वार्टरफाइनलमा 

काठमाडौं । आयोजक सहारा क्लब पोखरा २४औँ आहा रारा गोल्डकपको उद्घाटन खेलमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमै सहाराले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–० को साँघुरो हार बेहोरेको हो । 

पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन उज्ज्वल राईको गोल निर्णायक बन्यो । खेलको ३६औँ मिनेटमा उज्ज्वलले कर्नरबाट सोझै गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए ।

जितसँगै पुलिसले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पुलिसले अब सेमिफाइनलमा प्रवेशका निम्ति बाई पाएको ब्रिगेड ब्वाइज क्लब युकेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

मोफसलकै सबैभन्दा प्रतिष्ठित यस प्रतियोगिताको २४औँ संस्करणमा १२ टोलीको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro