site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन जसपाद्वारा कार्यदल गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ ।

संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनीषकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Dabur Nepal

सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले किरात लिम्बूलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा समर्थन जनाएको थियो ।

जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमनकुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन भएको जनाइएको छ । साथै, काठमाडौं उपत्यकामा आई बसोबास गर्ने र कार्य एवं व्यवसाय गर्ने मधेसी समुदायलाई सम्पर्क गरी पार्टीमा संगठित गर्न राजकिशोर यादवको संयोजकत्वमा चार सदस्यीय टास्क फोर्स गर्न भएको बस्नेतले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro