site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमडीएमएसमा भ्रष्टाचार : दिगम्बर झाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाविरुद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै उनीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सोमबार (माघ २१) देखि विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुरु कोइरालाको इजलासमा सुनुवाइ सुरु भएको हो । आयोगले झासहितले एमडीएमस परामर्श सेवा खरिदमा सार्वजनिक खरिद ऐन र कार्यविधिले तोकेका प्रक्रिया पूरा नगरेको न्युमेरा जेभीसँग भएका सम्झौताका कागजात लुकाएको आरोपमा ९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

आयोगले एमडीएमस खरिदमा खर्च भइसकेको २३ करोड २० लाख ६९ हजार अभियुक्तहरूबाट असुलउपरको पनि मागदाबी गरेको छ ।

आयोगले झा र पुरुषोत्तम खनालले खरिद प्रक्रियामा दूरुसञ्चार प्राधिकरणको प्राविधिक मूल्यांकन प्रतिवेदन, प्रतिवेदनउपरको निर्णय, आर्थिक प्रस्ताव खोल्ने निर्णय, मुचुल्कामार्फत पेस गरिएको आर्थिक प्रस्तावहितका कागजात समेत गायब पारेकाले उनीहरूलाई थप सजाय पनि मागदाबी गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro