site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महावीर सेमिफाइनलमा, थर्ड आईको साँघुरो जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ ।

मंगलबार मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा महावीरले समूह चरणको आफ्नो अन्तिम खेलमा पुष्पलाल स्पोर्टस क्लबविरुद्ध १२९ रनको फराकिलो जित निकालेको हो ।

खेलमा महावीरले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा पुष्पलाल १७.५ ओभरमा ८० रनमै समेटियो । पुष्पलालका लागि दीपक भण्डारीले ३४ रन बनाए । यस्तै, विकी मण्डलले १३ रन थपे ।

पुष्पलाललाई सस्तैमा समेट्न महावीरका प्रतिश जिसी, विराट बस्नेत र सगुन चन्दले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल तयार पारेको थियो ।

महावीरका लागि राजेश कर्णले ८० रन बनाए । यसैगरी सोनु देवकोटाले ४४ र रिजन थापाले ४१ रन बनाए ।

पुष्पलालका लागि राम रोकाया, ओमप्रकाश डाँगी र विकाश आचार्यले समान एक विकेट लिए ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको महावीर समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । तीनै खेलमा पराजित पुष्पलाल अंकविहीन रह्यो ।

मंगलबारै सम्पन्न अर्को खेलमा थर्ड आइ युथ क्लबले ओएसीस क्रिकेट एकेडेमीविरुद्ध चार रनको जित निकाल्यो ।

मूलपानीमै भएको खेलमा थर्ड आईले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा ओएसीसले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro