site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकी सांसदको खुलासा– नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरियो 

काठमाडौं । अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा 'नास्तिकता' फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन् । 

सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द नेसन’ कार्यक्रममा मास्टले भनेका छन्, “नास्तिकताका लागि पाँच लाख अमेरिकी डलर नेपालमा खर्च गरिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का गतिविधि रोक्नुका सम्बन्धमा भएको कुराकानीमा विदेश मामिला समितिका सभापति मास्टले उक्त खुलासा गरेका हुन् ।

उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनमा ५० हजार अमेरिकी डलर, पेरूमा एलजीबीटीक्यू सम्बन्धमा ४७ हजार अमेरिकी डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार अमेरिकी डलर खर्च भएको उदाहरण पनि प्रस्तुत गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले विभिन्न देशलाई यूएसएआईडी मार्फत उपलब्ध गराउँदै आएको सहायताको दुरुपयोग भएको भन्दै एक आदेशमार्फत सहायता समीक्षाका लागि तीन महिना बन्द गर्ने निर्णय गरेका थिए । 

ट्रम्पको यस निर्णयले विश्वभर हलचल मचाएको छ । विश्वभर यूएसएआईडीले उपलब्ध गराउँदै आएका सहायता रोकिएका छन् । यसबाट नेपाल पनि प्रभावित भएको छ । 

यति नै बेला अमेरिकी संसद्को विदेश मामिलासम्बन्धी समितिका सभापति मास्तले अमेरिकी सहायताको दुरुपयोग नेपालमा पनि भएको उदाहरण दिएका हुन् । 

पछिल्ला वर्षहरूमा यूएसएआईडीले नेपाललाई वार्षिक औसतमा १२५ मिलियन अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउँदै आएको थियो । यो सहयोग रोकिँदा यूएसआईडी र यूएसएआईडीको सहायता लिई नेपालमा विकास कार्यक्रम चलाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) प्रभावित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्