site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेरियाबाट धन्न–धन्न जोगिएको हुँ, कोभिडले तीनपल्ट आक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बेलामा विश्वले औषधि बनाइनसकेको बेलामा आफूले विश्वास जगाउन बेसार पानीको कुरा गरेको बताएका छन् ।

उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

“हाम्रा डाक्टरहरु नै कोभिडबाट आतंकित भइरहनुभएको थियो, कोभिडको प्रचार नै भयावह तरिकाबाट भयो । धर्ती नै रहँदैन कि भन्ने अवस्थाबाट भयो । अरू औषधि नै थिएन, के भन्ने ? कतिपयले मलाई उडाए । विश्वासले मान्छे बाँच्छ । बेसार पानी नुन हालेर खाए भो नि भनेर भनेको हुँ । मैले विश्वासका लागि भनेको हुँ । हामीले मनोबल जगाउनुपर्थ्यो ।”

उनले आफ्नी आमाको बिफरका कारण निधन भएको स्मरण गर्दै आफूलाई पनि मलेरियाले पटक पटक आक्रमण गरेको बताए ।

“मेरी आमा बिफरले बित्नुभएको हो । मैले सानैदेखि नै बिफरका बारेमा सुनेँ, म पनि मलेरियाबाट धन्न धन्न जोगिएको हुँ,” उनले भने, “पहिलोमा होइन दोस्रो चरणमा तीनपल्ट कोभिडले आक्रमण गरिहाल्यो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro