site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरटी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । केएफसिटी झापालाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी क्लब काठमाडौं २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा मंगलबार भएको खेलको ४८औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनले रोबर्ट कोबिनाको पासमा गोल गरेका हुन् ।

खेलको ६०औँ मिनेटमा सरोज घिसिङले र ८०औँ मिनेटमा रोहन खड्गीले एनआरटीका लागि गोल गर्दै सहज जितका लागि सहयोग गरेका थिए । उता ६२औँ मिनेटमा केएफसिटी झापाका खेलाडी रोबेर्ट खोङजो सात्वना गोल फर्काउन सफल भएका थिए  ।

आजको खेलमा एनआरटीका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफीसहित १० हजार नगद प्राप्त गरे । बुधबार आरटीसी भुटान र चर्च ब्याइज युनाइटेडबीच खेल हुनेछ ।

यही माघ २६ सम्म हुने प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro