site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरेसँग इजरायली राजदूतको शिष्टाचार भेट
Dabur Nepal

काठमाडौं । सभामुख देवराज घिमिरेसँग इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन् । आइतबार भएको भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको विषयमा भइरहेका प्रगतिका विषयमा सभामुख घिमिरेले जिज्ञासा राखेको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको दुइपक्षीय हित, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदानसहितका विषयमा कुराकानी भएको थियो । सभामुख घिमिरेले नेपालका लागि इजरायली नयाँ राजदूतको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । घिमिरेले विपीनको रिहाइ प्राथमिकतामा राख्न राजदूतमार्फत इजरायल सरकारको ध्यानाकर्षण गरेका छन् ।

राजदूत श्मुलिकले नेपाली युवा विपीनलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको भन्दै उनले रिहाइका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro