site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्याय परिषद्को सदस्यमा प्रस्तावित खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो ।

बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस भएका दामोदर खड्काको नाम संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताइन् ।

"न्याय परिषद्को मिति २०८१, पुस २९ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँछु," उनले भनिन् ।

समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले छिटो छरितो न्याय सम्पादनका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताए ।

नेपाल बार एसोसिएसनले संसदीय सुनुवाइको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो । न्याय परिषद्मा प्रधानन्यायाधीश, कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ ।  न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro